काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

नयाँ भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरी  ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समय अगाडि मात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८  म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।

उक्त शक्तिशाली भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।

भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com