काठमाडौं । ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध ५२ रनको कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा अलआउट हुँदै २४५ रनमा सीमित भयो ।

जितसँगै नेपालले ३३ खेलमा १६ जित र १५ हारको नतिजासहित ३४ अंक जोडेको छ । शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न नेपालले बाँकी तीनै खेलमा जित निकाल्नु पर्नेछ । भने, एकदिवसीय मान्यता जोगाउन अब एक खेल जिते पर्याप्त हुनेछ ।

पीएनजीका लागि आठौं नम्बरमा क्रिजमा आएका नोर्मान भानुवाले ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६० रन बनाए । ओपनर टोनी उराले ४४ बलमा ९ चौका प्रहार गर्दै ५० रन योगदान गरे । कप्तान आसाद भालाले कुशल मल्लको बलमा क्याचआउट हुनुअघि ५३ बलमा समान २ चौका र छक्काको मद्दतमा ४२ रन जोडे । किप्लिन डोरिगा २६ रन बनाएर आउट हुँदा, चार्ल्स अमिनी १४ रन र रिले हिकुरे २० रन बनाएर पभेलियन फर्किएका थिए ।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा एक मेडन राख्दै ३७ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ९.१ ओभरमा ३७ रन खर्चिए दुई विकेट लिँदा कुशल मल्ले एक विकेट लिए ।

प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com