काठमाडौं । पिकलबल एशोसियसन नेपालले बिश्वब्यापी रुपमा लोकप्रीय ‘पिकलबल’ खेलको टुनामेन्ट आयोजना गरेको छ। काठमाडौंको बौद्ध स्थित स्नोल्याण्ड एकेडेमीमा आयोजना गरिएको खेलमा बेलायत, फ्रान्स, स्पेन लगाएत बिभिन्न देशको खेलाडिहरु सहभागी भएका छन्। क्याम्ब्रीज पिकलबल क्लब युके र पिकलबल एशोसियसन नेपालका खेलाडीहरु बीच प्रतिस्पर्धा हुनेछ।

रमेश खरेल प्रमुख अथिती रहेको उक्त टुर्नामेन्ट २ दिनसम्म चल्ने छ। यससँगै नेपालमा पहिलोपटक पिकलबल अन्तरास्ट्रिय टुनामेन्ट खेलिएको हो। यसअघि नेपालले पिकलबलको अन्तर्राष्ट्रिय खेलमा भने सहभागी जनाइसकेको छ। टुर्नामेन्ट उदघाटन समारोहमा बोल्दै पिकलबल एसोसिएसन नेपालका अध्यक्ष सौरभ भण्डारीले पिकलबल खेल मार्फत पर्यटन प्रबर्द्धन सङ्गै खेलको माध्यमबाट नेपाललाई बिश्वमा चिनाउने बताए।

बिश्वब्यापी रुपमा लोकप्रिय बन्दै गएको ‘पिकलबल’ खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com