काठमाडौं । धौलागिरि बेश क्याम्पमा हेलि एभरेष्टको हेलिकप्टर आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको छ।

आइतबार बिहान ११ बजे उडेको हेलिकप्टर केही बेरमै आकस्मिक अवतरण गरिएको थियो।

‘हेलिकप्टर फोर्स ल्याण्डिङ’ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख, डिएसपी मदन कुँवरले ग्लोबल नागरिकलाई जानकारी दिए।

उक्त हेलिकप्टरमा एक जनामात्रै पाइलट थिए।

नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिएयरको एनएन-एएनबी (एएस-३५०) हेलिकप्टर दुर्घटनामा भएको हो। अवतरण गर्नेक्रममा आकस्मिक अवतरण गरेको प्राधिकरणले जनाएको छ।

‘सो उडानमा यात्रारत एकमात्र पाइलट सकुशल रहेको साथै उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ तथा उहाँलाई अर्को हेलिकप्टरद्वारा उद्धार गरिसकिएको र काठमाडौंतर्फ ल्याइँदै छ,’ प्राधिकरणले भनेको छ।

प्रकाशित मिति: २६ चैत्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com