काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन २ बाट भोट हाल्न नपाउने भएका छन् । लामिछानेसँगै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले पनि त्यहाँ मतदान गर्न नपाउने भएका हुन् ।

रविको मतदाता नामावली काठमाडौं रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावली चितवन क्षेत्र नं. ३ मा रहेकोले दुवैजनाले उपनिर्वाचनमा भोट हाल्न नपाउने भएका हुन् ।

यता नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावी शक्तिखेरबाट मतदान गरेका छन् ।

चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि उपनिर्वाचन गरिएको हो ।

 

प्रकाशित मिति: १० बैशाख २०८०, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com