काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ को नयाँ किरण माविमा मतदान पुन: सुरू भएको छ।

सर्वदलीय बैठकपछि मतदान सुरू गर्ने निर्णय भएको हो।

यहाँ साँढे ३ घन्टा मतदान रोकिएको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उम्मेदवार रवि लामिछाने नयाँ किरण मावि पुग्दा समर्थकहरूले हुटिङ गरेका थिए।

मतदान केन्द्रमा हुटिङ गर्न नपाउने भन्दै अन्य दलले विरोध गरेका थिए।

नेपाली सेनासहित प्रहरीले मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था मिलाएको छ। मतदान केन्द्रको ३ सय मिटर वरपर क्षेत्रमा कडा सुरक्षा व्यवस्था मिलाउने पनि सहमति भएको छ।

साथै आचारसंहिता मिचेकोमा माफी माग्ने निर्णयसमेत भएको छ। लामिछाने समर्थकले मतदान केन्द्रमा घन्टी बजाउँदै हिँडेको आरोप पनि छ।

मतदान अधिकृत कमला न्यौपानेसहित सर्वदलीय बैठकमा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको ठहरसमेत भएको छ।

 

प्रकाशित मिति: १० बैशाख २०८०, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com