काठमाडौं । चितवन क्षेत्र नम्बर २ मा मंसिर ४ को तुलनामा धेरै कम मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अधिकांश मतदान केन्द्रमा मंसिरको तुलनामा कम मत खसेको छ।

मंसिर ४ मा ६७.६३ प्रतिशत मत खसेकोमा उपनिर्वाचनमा ६० प्रतिशत भन्दा कम मत खसेको कार्यालयले जनाएको छ ।

चितवन २ मा कुल १ लाख २४ हजार ६९८ मतदाता छन् । मंसिर ४ को चुनावमा ८४ हजार १७ मत खसेकोमा अहिले त्यो भन्दा कम खसेको हो । त्यतिबेला १ लाख २४ हजार २१७ मतदाता थिए । यस पटक किन कम मत खस्यो भन्ने अहिले खुलेको छैन।

गत मंसिर ४ गते भएको निर्वाचनमा चितवन–२ मा रास्वपाका सभापति समेत रहेका रवि लामिछानेले जितेका थिए। नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनलाई वर्खास्त गरेपछि उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति: १० बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com