काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीले कांग्रेसको करिब दोब्बर मत पाएको छ ।
केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिव दोब्बर मत प्राप्त गरेका हुन्।
१६८८ मत खसेको उक्त वडामा रास्वपाका वाग्लेले ८१४ मत पाउदा कांग्रेसका भट्टराईले ४५६ मत प्राप्त गरे । एमालेका सर्बेन्द्र खनालले ३८६ मत पाए ।
प्रकाशित मिति: ११ बैशाख २०८०, सोमबार
प्रतिक्रिया