काठमाडौं । बारा २ मा भएको उपचुनावमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । गए राति सम्पन्न मतगणनामा यादव २८ हजार ४१५ मत ल्याएर विजयी भए ।

उनका निकट्तम्  प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत ल्याए । त्यसैगरी, नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १०२१६, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८२९, आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत ल्याएका छन् ।

४ मंसिरको चुनावमा सप्तरी २ मा पराजित भएका उपेन्द्र उपनिर्वाचनमार्फत संसद छिरेका हुन् । त्यतिबेला उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पराजित गरेका थिए । उपेन्द्र २०६४ यता लगातार संसद छिरिरहेका छन् ।

 

प्रकाशित मिति: १३ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com