काठमाडौं । कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) को विवाहको रिसेप्सन पार्टीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरिक भएका छन् ।

बुधबार विवाह बन्धनमा बाँधिएका उनीहरुले आज गठ्ठाघरस्थित जर्मन होम्समा पार्टी दिएका हुन् । पार्टीमा एमाले अध्यक्ष ओली, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा केही देशका राजदूतसमेतको उपस्थिति रहेको छ ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा लगनगाँठो कसेका थिए ।

उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए ।

भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए । पहिलोपटक नेपाल प्रेसमा उनीहरुको अफेयरबारे समाचार प्रकाशित भएको थियो ।

 

प्रकाशित मिति: २२ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com