काठमाडौं । गायिका समीक्षा अधिकारी लामो समय पछि मिडियामा आएकी छन् । मिडियामा आएलगत्तै समिक्षाले दिएका अभिव्यक्तिले यतिबेला तरंग मच्चाएको छ। र एपिवान टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा समिक्षाले लामो समयपछि खुलेर बोलेकी छन् । उनले पल शाहको माया लागेरै अदालतमा बयान फेरेको र आफुले पललाई माया असाध्यै माया गर्ने र माया गर्ने मान्छेलाई खराब हालतमा देख्न नसकेको भन्दै बयान फेरेको बताउकी छन् ।

उनले आफुले बयान फेरे ता पनि आफु गलत नभएको बताएकी छन् । सुरुमा पललाई मुद्दा हाल्दा पनि विभिन्न कारणहरुले बाध्य पारेको समिक्षाको दावी छ।त्यो केसले यति ठूलो रुप लिन्छ भनेर नसोचेको पनि उनले बताएकी छन् ।आफू सँग कुनै अप्सन नभएको र पलको एकदम माया लागेको भएर नै कसैको उक्साहटमा नभई आफैले बयान फेरेको कुरा समिक्षाले प्रकाश सुवेदीको शोमा गरेकी छिन्। बयान फेर्नु कानुनी रुपमा गलत भएपनि सोही गलतकै कारण पल शाह जेलबाट निस्किन सफल भएको उनले बताएकी छन् ।

पल जेल हुँदा अदालतमा भेट हुने गरेको पनि उनले खुलाएकी छिन्। पलका म्यानेजर कृष्ण जोसीलाई त कहिल्यै माफ गर्न नसक्ने उनले बताएकी छन् । दाइ भनेकै मान्छेबाट आफुले ठूलो धोका पाउको उनले बताएकी छन् । उक्त समयमा आफ्नो परिवारले एकदम साथ दिएको उनले बताइन्। साथै, नायिका स्वस्तिमा खड्का,संगीतकार अर्जुन पोखरेलले पनि ठूलो साथ दिएको समिक्षाले बताइन् ।उनी केही हप्ता अघि मात्रै झन्डै डेढ महिनापछि समीक्षा अष्ट्रेलियाबाट नेपाल फर्केकी हुन् ।

 

प्रकाशित मिति: २४ बैशाख २०८०, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com