काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा गठबन्धन भित्रबाट बागी उम्मेदवारी परे फिर्ता गराउने निर्णय भएको छ ।

बैठकपछि सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ‘ग्लोबल नागरिक’ लाई भने, ‘गठबन्धन दलबीच चुनावी तालमेल भएको ठाँउमा बागी उम्मेदवार दिने अवस्था भए फिर्ता गराउने सहमति भएको छ । चुनावी परिणाम गठबन्धनको पक्षमा पार्न पाँच दलीय गठबन्धनको पार्टी पङ्क्तिलाई निर्देशन गरिने निर्णय भएको छ ।’

गठबन्धन दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँड भएको पोखरा र भरतपुर महानगरपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताबाट बागी उम्मेदवारी दर्ता भएको छ । काँग्रेसबाट भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने जगन्नाथ पौडेलले घोषणा गरेका छन् । 

उम्मेदवारी दर्ता गरेकाहरूको फिर्ता गर्न लगाउने र तयारीमा रहेकाहरुलाई रोक्न लगाउने उनको भनाइ छ । यस्तै बैठकले आ–आफ्नो निकायलाई गठबन्धनको भावनाअनुसार अगाडि बढ्न निर्देशन दिने बैठकले निर्णय गरेको कार्कीले बताए ।

उम्मेदवारी दर्ता गर्दा गठबन्धन दलहरु मिलेर गर्ने निर्णय पनि गरिएको उनले बताए । केही जिल्लामा गठबन्धन दलबीच सहमति जुट्न नसकेर आपसी प्रतिस्पर्धामा उत्रिएको विषयमा पनि छलफल भएको उनले बताए । ‘कुनै जिल्लामा सिट बाँडफाँट मिलेन भने पाँच दलको सहमतिमा आपसी प्रतिस्पर्धा हुन सक्छ’ मन्त्री कार्कीले भने, ‘तर गठबन्धनभन्दा बाहिर गएर चुनावी तालमेल गर्न पाइने छैन । यसका लागि गठबन्धनमा सम्बद्ध सबैलाई कडा निर्देशन दिने निर्णय भएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com