कास्की – दुर्घटना पश्चात टिपर चालकलाई कुटपिट गरेको आरोपमा कास्कीमा मोटरसाइकल चालक पक्राउ परेका छन्। मोटरसाइकल र टिपर ठोक्किएपछि  मोटरसाइकल चालकले टिपर चालकलाई कुटपिट गरेका हुन्।               

पोखरा महानगरपालिका वडा नम्बर ५ फिर्के पुलमा रहेकाे पोखरा बाग्लुङ सडक खण्डमा वैशाख १० गते माेटरसाइकल र टिपर ठाेक्किएर दुर्घटना भएकाे थियाे ।
प्रहरीले म्याग्दी घर भइ हाल कास्की पोखरा महानगरपालिका-१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मोटरसाइकल चालक मिनबहादुर मगरलाई नियन्त्रणमा लिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
आरोपित लाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान भइ रहेको उनले जानकारी दिए ।             

 

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com