एजेन्सी – उत्तर कोरियालि नेता किम जोङ उन ले देशको आणविक क्षमता अझै तीव्र गतिमा सुदृढ र विकास गर्ने बताए ।सशस्त्र बलको स्थापना दिवसको अवसरमा गए राति भएको परेडमा बोल्दै उनले देशको आणविक हतियारलाई आगामी दिन मा झनै बढावा दिदै जाने वाचा गरेका हुन्।                  सो परेडमा प्रतिबन्धित अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलहरू(आइसिविएमएस) पनि प्रदर्शन गरिएका थिए।यसअघि २०१७को मार्च महिनामा पहिलो पटक उत्तर कोरियाले आफ्नो सबैभन्दा ठुलो सामर्थ्यको आइसिविएमएस परीक्षण गरेको थियो जसको अन्तर्राष्ट्रिय समुदायबाट नै व्यापक रुपमा निन्दा भएको थियो ।उक्त परीक्षणपछि अमेरिकाले उत्तर कोरिया माथी निकै प्रतिबन्ध समेत लगाएको थियो।                              आणविक हतियार डेलिभरीको लागि डिजाइन गरिएका आइसिविएमएसले उत्तर कोरियाको स्ट्राइक दायरा लाई अमेरिकाको मुख्य भूमिसम्म विस्तार गर्दछ।यद्यपि ,किमले भने निन्दाबाट उत्तर कोरियालाई कुनै किसिमको समस्या नभएको बताए।
‘हामी हाम्रो राष्ट्रको आणविक क्षमतालाई तीव्र गतिमा सुदृढ र विकास गर्नका लागि बारबार कदमहरू चाल्नेछौँ। उनले भने, ‘आफ्नो आणविक शक्ति आवस्यक परेका जुनसुकै बेलामा पनि प्रयोग गर्न  तयार हुनुपर्छ ,यो कुनै नौलो विषय हैन ।’         

प्रकाशित मिति: १३ बैशाख २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com