काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो यूट्युब च्यान ‘केपी बा’ सब्सक्राइब गर्न अपिल गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् ।

२०५२ सालको हेलिकोप्टर दुर्घटनाबाट ज्यान जोगिएको संक्षिप्त अनुभव उल्लेख गर्दै ओलीले यूट्युब च्यानल सब्सक्राइब गर्न अपिल गरेका हुन् । ‘मैले मेरो जीवनका थुप्रै यस्ता अनुभवहरु मेरो यूट्युब च्यानलमा सेयर गर्दै आइरहेको छु’ ओलीले लेखेका छन्, ‘आगामी दिनमा पनि म यस्तै अनुभवहरु बाँड्दै जानेछु । च्यानल सब्सक्राइब गर्नुहोस् न है ।’

प्रकाशित मिति: ३१ असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com