तमिलनाडु । भारतको तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ। रथयात्राको क्रममा हाईभोल्टेज तारमा ठोक्किएर १० जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुमा उल्लेख छ। 

तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी वी बालाकृष्णनले दुर्घटनामा अन्य १५ जना घाइते भएका बताए। ‘वार्षिक पर्वको समयमा उच्च भोल्टेजको तारमा रथमा ठोक्किएर दुर्घटना भएको हो,’ उनले भने ।

कतिपय रिपोर्टमा मृत्यु हुनेको संख्या ११ रहेको पनि बताइएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनामा धेरै श्रद्धालुहरु गम्भीर घाइते भएका छन् । जसलाई तुरुन्तै नजिकको अस्पतालमा भर्ना गरिएको छ । सोही क्रममा खबर पाएलगत्तै प्रहरीले घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो । प्रहरीका अनुसार मृत्यु हुनेमा दुई बालबालिका पनि रहेका छन् ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com