काठमाडौं । लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले पूर्वपति शंकर क्षेत्रीको जन्मदिनमा मनछुने शुभकामना दिएकी छन् ।

उनले आफूले दिन नसकेको माया दिने व्यक्ति छिट्टै प्राप्त होस् भन्ने कामना गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी हुन् ।

 

शंकरको बिहीवार परेको जन्मदिनको अवसर पारेर ‘जेरी’ले फेसबुकमा  लेखेकी छन् ‘मैले दिन नसकेको माया, साथ र खुशी दिने मान्छेको छिट्टै प्राप्ति होस् । जन्मदिनको असिम शुभकामना छोरीको बाउ ।’ उनले छोरीसहित तीन जनाको तस्वीरका साथ उक्त स्टाटस लेखेकी हुन् ।

 

नेपाली लोकदोहोरी क्षेत्रमा चर्चित जेरी र शंकरले गतवर्षको कात्तिकमा सहमतिमै सम्बन्धविच्छेद गरेका थिए । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको थियो ।

जेरी र शंकरबीच २०७६ सालमा प्रेमविवाह विवाह भएको थियो।
यी दुईले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका छन् । सम्बन्धविच्छेदपछि पनि उनीहरूले गीतमा सहकार्य गरेका थिए ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com