काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिजुली बेचेर देशलाई दश वर्षमा धनी बनाउने कांग्रेसको सपना रहेको बताए ।

बिहीबार आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रित चुनावी अभियानको भेला लाई सम्बोधन गर्दै महामन्त्री शर्माले युवालाई विदेशमा बेचेर नभइ बिजुलीलाई भारतमा बेचेर देशलाई समृद्धिमा लग्न सकिने बताए ।एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पकाउन सक्ने अवस्था आउने भन्दै प्याट्ट गर्दाखेरी ग्याँस आउँछ भनेर भन्ने केपी ओलीलाई ग्यासको भण्डार कहाँ–कहाँ छ भनेर सोध्यो भने बताउन नसक्ने उनले बताए ।उनले भने- ‘तर हामी भन्छौँ एमसीसी परियोजना सफल भएर अगाडि बढ्दै गर्दाको दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पाक्न सक्ने अवस्था बनाउँछौँ । ”    काठमाडौं मा बिजुली बाट कुद्ने गाडी पनि चाहिएको भन्दै उनले काठमाण्डौको सडकमा डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरुलाई प्रतिस्थापन गरेर बिजुलीबाट कुद्ने गाडी बनाउन सकिन्छ पनि उनले भने ।
महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षित स्थिति मा  मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन पनि दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले भने – ” सही रुपमा मतदान गर्न, मतदातालाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न म युवा हरु लाई आग्रह गर्न चाहन्छु ।”

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com