काठमाडौं । अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । आगामी फागुन-चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् ।

रेखाले पहिलो सन्तानलाई स्वागत गर्नको लागेको बताइन् । अहिले रेखाको गर्भमा चार महिनाको शिशु हुर्किरहेको छ ।

गर्भवती भए पनि रेखा अहिले होम प्रोडक्सन फिल्म ‘उपहार’को छायांकन धमाधम गरिरहेकी छन् । निर्देशक ज्ञानेन्द्र देउजाले गर्भवती रेखाको एक्सन दृश्यको छायांकन गरिरहेका छन् । सोही कारण रेखाले रातदिन नभनी फिल्म छायांकनमा समय दिइरहेकी छन्।

चिकित्सकले फागुन–चैतलाई डेलिभरी डेट दिएको र वैशाखमा उनको नयाँ फिल्म ‘उपहार’ पनि रिलिज हुँदैछ । शिशुको जन्म र फिल्मको रिलिज सँगै हुने भएपछि रेखा खुसी छिन् । यसलाई उनले उपहारको रुपमा लिएकी छन् ।

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com