काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का पुत्र डा. प्रकाश विवाह बन्धनमा बाँधिएका छन् ।

नेकपा निकट जनस्वास्थ्य संगठनमा आबद्ध डा. प्रकाशले मान्यता सीसँग बुधबार लगन गाँठो कसेका हुन् । उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ ।

मान्यता पनि पेशाले प्रकाशजस्तै चिकित्सक हुन् । विवाह कार्यक्रमको व्यानरमा उनको नामपछाडि सी थर लेखिएको थियो । नेकपाको केन्द्रीय समिति बैठकले केही समयअघि पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो थर हटाएर सी लेख्ने निर्णय गरेको थियो ।

‘प्रगतिशील विवाह कार्यक्रम’को व्यानरमुनि बिना तामझाम कपिलवस्तुमा बुधबार विवाह भएको थियो ।

पार्टी केन्द्रीय समितिले आयोजना गरेको विवाह कार्यक्रममा प्रकाश सदाझैं सर्ट र पाइन्टमा उपस्थित थिए भने डा. मान्यता सारी र ब्लाउजमा सामान्य ढंगले सजिएकी थिइन् ।

पार्टीका नेता तथा कार्यकर्तालाई साक्षी राखेर निकै संक्षिप्त रूपमा गरिएको विवाह कार्यक्रममा ३० हजार रूपैयाँ मात्र खर्च भएको बताइएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com