काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज भारत र अष्ट्रेलिया खेल्दै छन् ।

घरेलु टोली भारत र अष्ट्रेलियाबिचको खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे चेन्नईमा शुरु हुनेछ । अष्ट्रेलिया एकदिवसीय विश्वकपमा सबैभन्दा सफल टोली हो । उसले पाँच पटक विश्वकप जितेको छ ।

भारत र वेस्ट इन्डिजले समान दुई/दुई पटक तथा श्रीलङ्का, पाकिस्तान र इङ्ल्यान्डले एक/एक पटक उपाधि जितेका छन् ।

विश्वकप क्रिकेटमा आयोजक भारतसहित अफगानिस्तान, अष्ट्रेलिया, बङ्गलादेश, इङ्ग्ल्यान्ड, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का गरी १० वटा देश सहभागी छन् ।

१३ औँ संस्करणको विश्वकपमा न्युजिल्यान्ड, पाकिस्तान, बंगलादेश र दक्षिण अफ्रिकाले विजयी शुरुवात गरेका छन्।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com