काठमाडौं । भारतमा जारी एकदिवशीय विश्वकपअन्तर्गत मङ्गलवार भएको खेलमा पाकिस्तानले ३ सय ४५ रनको कीर्तिमानी लक्ष्य पुरा गर्दा विकेटकिपर मोहम्मद रिजवानले बहादुर र साहसिक खेलाडीका रूपमा खेल प्रेमीको मन जित्न सफल भए।

विशाल लक्ष्य पछ्याउनेक्रममा सुरुवातमै २ विकेट गुमाए पनि रिजवानले अब्दुल्लाह सफिकसँग एक सय ७६ रनको साझेदारी गर्दै सहज अवस्थामा ल्याइसकेका थिए । तर यी दुई ब्याट्सम्यान आउट भएको अवस्थामा श्रीलंका फेरी खेलमा हाबी हुन सक्थ्यो।

३६.३ ओभरमा ३ विकेट गुमाएर २ सय ४६ रन जोडेको अवस्थामा रिजवान घाइते हुने पुगेपछि पाकिस्तानलाई संकट आइपर्ने देखिएको थियो ।

छक्का प्रहार गर्दा रिजवानले तिघ्रामा ‘क्र्याम्प’ सामना गरे । सामान्य उपचारपछि खेलमा फर्किएका रिजवानको खुट्टामा समस्या भएको स्पष्ट देखिन्थ्यो ।

उनी खुट्टा घिसार्दै दौडिन्थेँ। छक्का प्रहार गरेपछि व्यक्तिगत ८९ रनमा पुगेका रिजवानलाई थप ११ रन जोडेर शतक पूरा गर्न केही समय लाग्यो। उनी त्यसपछि पनि लगातार सम्हालिन नसकेर अस्थिर देखिएका थिए तर उनी क्रिज छाड्न तयार देखिएनन् ।

विश्वकप इतिहासमा यो खेललाई स्मरणीय बनाउँदै रिजवानले शतक मात्र पुरा गरेनन् टोलीलाई जित पनि दिलाए । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो तेस्रो शतक हो । उनले अविजित एक सय ३१ रन बनाउने क्रममा एक सय २१ बल खेल्दै तीन छक्का र ८ चौका प्रहार गरेका थिए ।

प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com