काठमाडौँ । जापानलाई हराउँदै नेपाली युवा टोली एसीसी यु-१९ एसिया कपमा छनोट भएको छ।

मलेशियामा जारी एसीसी यु-१९ प्रिमियर कपको पहिलो सेमिफाइनलमा जापानलाई १४३ रनले हराउँदै नेपाल फाइनलमा पुगेको छ। वर्षाका कारण केहीबेर खेल रोकिएपछि डीएलएस बिधिका आधारमा पाएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमै समेटिएको छ।

जापानका लागि शोतारो हिरात्सुकाले १५ र यामामोतो लाकेले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि हेमन्त धामी र दिपेश कँडेलले तीन(तीन तथा सुवाष भण्डारीले दुई र आकाश चन्दले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको नेपालले २५ ओभरमा दुई विकेट गुमाएर १४० रन बनाएको थियो। नेपालका लागि दीपक बोहराले ७९, आकाश त्रिपाठीले ३५, अर्जुन कुमालले १० र देव खनालले आठ रन बनाएका थिए।

त्यसपछि वर्षाका कारण खेल रोकिएको थियो। ५० ओभरको खेल २५ ओभरमा झारिएको थियो। डीएलएस बिधिका आधारमा जापानले १८७ रनको लक्ष्य पाएको थियो।
यो जितसँगै यु-१९ एसिया कपका लागि छनोट भएको छ।

आउँदा पुसमा पाकिस्तानमा हुने एसिया कपमा प्रियिमर कपबाट तीन टोली छनोट हुनेछन्। फाइनलमा पुग्ने दुई टोलीसँगै सेमिफाइनलमा पराजित दुई टोलीबीचको खेलमा जित्ने टोली पनि एसिया कपमा छनोट हुनेछ।

नेपाल प्रिमियर कपको फाइलनमा पुग्दै एसिया कपका लागि छनोट भएको छ। यसअघि आयोजक पाकिस्तानसँगै भारत, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छनोट भइसकेका छन्।

प्रकाशित मिति: ४ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com