काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा लगातार तीन खेल जितेर एक खेलअगावै फाइनल प्रवेश गरिसकेको नेपालले आज यूएईसँग खेल्दै छ । खेल मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

हङकङ पनि सम्मिलित सिरिजमा नेपाललाई हराउन सके यूएईलाई पनि फाइनल पुग्ने अवसर छ । नेपालले यसअघि यूएईलाई पहिलो खेलमा ७ विकेटले हराएको थियो ।

नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । यूएई २ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । हङकङ अंकविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति: ६ कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com