काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले आफूहरुले सबै खेल जित्न चाहेको र त्यही अनुरुप खेल्ने दाबी गरेका छन्।

मलेसियाविरुद्ध ६ विकेटले जित हात पारेपछि  पौडेलले जितको श्रृङ्खला निरन्तर फाइनलसम्म राख्न चाहेको बताए। उनले अब नेपाल र ओमानको खेल टफ हुने पनि बताए।

‘हामीले हिजो जे गरेका थियौं आज पनि त्यही गरेका छौं। हामीले बलिङ राम्रो गर्‍यौं,’ पौडेलले भने, ‘साथै ब्याटिङ पनि राम्रो सुरुवात गरेका छौं। हाम्रो ब्याटिङ निकै सुधार भइरहेको छ।’
उनले ब्याटिङमा धेरै राम्रो भइरहेको दाबी गरे। कुशल भुर्तेल र कुशल मल्लको ब्याटिङ प्रशंसालायक रहेको कप्तान पौडेलको भनाइ छ।

‘हामी ओमान र सेमिफाइनलको खेलमा पनि यस्तै खेल जारी राख्न चाहन्छौ,’ उनले भने, ‘हामी सबै खेल जित्न चाहन्छौं। ओमानसँगको खेल टफ छ।’

प्रकाशित मिति: १४ कार्तिक २०८०, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com