काठमाडौं । आइसिसी टी २० विश्वकप छनोटअन्तर्गत ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । ओमान सुरुआती ब्याटिङमा गर्नेछ ।
नेपाल र ओमान दुबैले समान दुई खेल जितेका छन्। नेटरनरेटमा ओमान शीर्षस्थानमा छ। मलेसिया र सिंगापुर बाहिरिसकेका छन्।
नेपालले पहिले खेलमा सिंगापुरलाई आठ विकेट र मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
प्रकाशित मिति: १६ कार्तिक २०८०, बिहिबार
प्रतिक्रिया