काठमाडौं । आसन्न टी-२० विश्वकपमा छनोट हुने नेपालले आज यूएईसँग निर्णायक खेल खेल्दै छ ।

जारी विश्वकप छनोटको सेमिफाइनलमा आज नेपालले यूएईसँग खेल्न लागेको हो । खेल मुलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।

बिहीबार भएको खेलमा यूएईले हङकङलाई २२ रनले पराजित गर्यो। यसअघि नेपालले लगातार खेल जित्दै ओमानसँग भिड्नुअगावै सेमिफाइनल यात्रा पक्का गरेको थियो। घरेलु मैदानमा जारी टी-९२० विश्वकपको छनोटमा नेपालले युएईलाई हराउन सके विश्वकप पुग्ने छ । यो खेलको विजेता विश्वकपमा छनोट हुने छ ।

नेपालले जारी छनोट प्रतियोगिताअघि हङकङ र यूएईसँग घरेलु मैदानमै त्रिकोणात्मक शृंखला खेलेको थियो । लिग चरणमा दुवै टोलीलाई दुई दुईपटक हराएको नेपाल उपाधि भिडन्तमा भने यूएईसँग पराजित भएको थियो । छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग पराजित भएपछि नेपालले यूएईसँग सेमिफाइलन खेल्नुपर्ने भएको हो ।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com