काठमाडौँ । नेपाली टोलीका कप्तान रोहित पौडेलले आफू भाग्यमानी लागेको बताएका छन् ।

आगामी वर्ष आयोजना हुने आईसीसी टी-२० विश्वकपमा छनोट भएपछि पौडेलले आफू भाग्यमानी र गर्व लागेको बताएका हुन् ।

सन् २०१४ को विश्वकप नेपालले खेल्दा हेरेर हुर्किएको पुस्ताकै बलमा नेपाली टोलीले विश्वकपमा स्थान बनाएको छ । एसियाली छनोटको सेमिफाइनलमा शुक्रबार यूएईलाई ८ विकेटले पराजित गर्दै नेपालले १० वर्षपछि टी(२० विश्वकपमा स्थान बनाएको हो ।

‘आज मलाई निकै भाग्यमानी र गर्व लागिरहेको छ । सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हौँ हामी । त्यो विश्वकप खेल्नु भएका पारस दाइ, शक्ति दाइ, शरद दाइ हाम्रो पुस्ताको लागि रोल मोडल हुनुहुन्छ’, कप्तान रोहितले भने ।

यूएईका कप्तान मोहम्मद वासिमले आफ्नो टोलीले निराशाजनक प्रदर्शन गरेको बताए । उनले टोलीलाई २५ देखि ३० रन कम भएको र नेपाली बलरहरूले निकै राम्रो प्रदर्शन गरेको बताए

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com