काठमाडौं । नेपालले टी-२० विश्वकपमा स्थान बनाएपछि देशभित्र खुशीयालीको माहोल छ । सामाजिक सञ्जालमा सबैले नेपाली क्रिकेट टीमलाई बधाई दिइरहेका छन् ।

देशभित्र उत्सवको माहोलभित्र एक चर्चित विदेशी क्रिकेटरले पनि नेपाल विश्वकपमा छनोट भएकोमा खुशी व्यक्त गरेका छन् । उनी हुन् पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान ।

अहिले भारतमा विश्वकप खेलिरहेका रिजवानले सामाजिक सञ्जालमार्फत नेपाली टीमलाई बधाई दिएका छन् ।

उनी लेख्छन्, ‘टीम नेपाललाई बधाई छ । तिमीहरु वास्तवमै विश्वकप २०२४ का लागि हकदार थियौ । अब विश्वकपमा भेटौंला ।’

रिजवानको यो पोस्टमा सयौं नेपालीहरुले कमेन्ट गर्दै धन्यवाद दिएका छन् ।

नेपाली क्रिकेट र क्रिकेटरलाई असाध्यै माया गर्ने पाकिस्तानी खेलाडी हुन् रिजवान । नेपाल एसिया कप खेल्न पाकिस्तान जाँदा उनले नेपाली खेलाडीहरुलाई होटलमै गएर भेटेका थिए । उनी सन्दीप लामिछाने थुनामुक्त भएपछि उनलाई भेट्न नेपालसम्मै आएका थिए ।

प्रकाशित मिति: १७ कार्तिक २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com