काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कम्तीमा चार पटक भूकम्पको धक्का महसुस गरिएको पाइएको छ। सुरुमा शुक्रबार राति ११:४७ बजे पहिलो भूकम्पको धक्का महसुस भएको थियो।

त्यसपछि क्रमश: १२:०८, १२:२९, १२:३५ गरी ४ पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३  म्याग्निच्युडका भूकम्प गएका थिए। उक्त भूकम्पका  कारण रूकुम पश्चिम र जाजरकोटका कम्तीमा ९२ जनाको मृत्यु भइसकेको छ भने भने १०८ जना घाइते भएका छन्। त्यस्तै रुकुम पश्चिममा हालसम्म ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाईते भएका छन्। घाइते र मृतकको संख्या अझ बढ्न सक्ने प्रहरीले जनाएको छ।

मृत्यु भएका व्यक्तिको खोजी र घाइतेहरुको उद्धार चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोलीसहित प्रस्थान गरेका छन्। आवश्यक मेडिकल टोली पनि पठाइएको प्रधानमन्त्री कार्यालयले बताएको छ।

 

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com