काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । शनिवार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै प्रचण्डले विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको बताउँदै अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको उल्लेख गरे ।

सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको बताए।

उनले भने– ‘तपाईंहरुलाई हेक्का रहोस्, भ्रष्टाचारको विषयमा यदि प्रचण्ड पनि देखापर्‍यो भने त्यसलाई पनि गिरफ्तार गर भनेको हो मैले । त्यतिबेलाको सीआइबीसँग त्यतिबेलाको गृहमन्त्री नारायणकाजी र म बसेर भनेका हौँ, माओवादी पर्‍यो भनेपनि समात्नुस भनेको हो । अरू हैन प्रचण्ड देखा पर्‍यो भने पनि समात्नुस् भन्ने मान्छेले अहिले अरू कोही पक्राउ पर्‍यो भने बचाउन सभा गर्नुपर्छ ?’

उनले प्रचण्ड र माओवादी केन्द्रलाई बदनाम गर्ने षडयन्त्रको रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोपको खण्डन गरे ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com