काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । धनगढीबाट बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको  जिप राति साढे २ बजेतिर डोटीको शिखर नगरपालिका–२ अण्यौलस्थित केआई सिंह राजमार्गमा दुर्घटना हुँदा जिपमा सवार १० जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेहरूमा बाजुराकाे हिमाली गाउँपालिकाकी २२ वर्षीया राधिका मलाल, साेही ठाउँकी ३२ वर्षीया धनशोभा बुढा र उनका छाेरा ६ वर्षीय कविन्द्र बुढा तथा साेही ठाउँकी विमला मलालकी आठ महिनाकी छाेरी प्रार्थना मलाल रहेका प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा परी पाँच जना घाइते भएका छन् । घाइते हुनेमा हिमाली–५ का ३० वर्षीय प्रकाश बुढथापा, २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा, २१ वर्षीय विमलाल मलाल र २१ वर्षीय राजबहादुर मलाल रहेका छन् ।

घाइतेको दीयायलको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप चालक महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिप अनियन्त्रित भएर सडकबाट अन्दाजी ५०/६० मिटर तल खसेकाे प्रहरीकाे भनाइ छ ।

प्रकाशित मिति: १९ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com