काठमाडौं । अष्ट्रिया देशका संगीतकर्मी फ्रिजी ग्रिफ (Frizzey Greif) द्वारा संचालित संस्था ‘फ्रिजी लाइट एशोसियसन’ (Frizzey Light Association)ले हालै काठमाडौंमा वृहत “कपडा तथा खाद्य सहायता” कार्यक्रम सम्पन्न गरेको छ ।

सो सहायताको क्रममा संस्थाले काठमाडौंका विभिन्न सुकुम्बासी बस्ती तथा सडक पेटीमा बसोबास गर्ने ४१५ जना मानिसहरूलाई न्यानो टोपी तथा कपडाहरू वितरण गरेको छ । यसका साथै सो संस्थाले कपडा पाउने सबैलाई खाजा समेत वितरण गरेको थियो।

कपडा वितरण गरिएका मानिसहरूबाट अति विपन्नहरू छानेर ५० परिवारलाई चामल, दाल, तेल, चना, सोयाविन, नुन र साबुन जस्ता सामग्रीहरू पनि संस्थाले वितरण गरेको छ ।

आफूहरूलाई दुःख परेको बेलामा यसरी कपडा र खाद्यान्न सहायता पाउँदा आफूहरूलाई बल्ल चाडबाड सुरु भएको जस्तो लागेको सहायता लाभान्वितहरु बताउँछन् ।


फ्रिजी ग्रिफले आफ्नो संस्था मार्फत २०७२ सालको भूकम्प पश्चात नेपालका सबै जसो जिल्लामा पुगेर दशौं हजार परिवारलाई राहत वितरण गर्ने, दुर्गम गाउँका विद्यालय भवन निर्माण गर्ने जस्ता धेरै परोपकारी कामहरू पनि गर्दै आएका छन् ।

प्रकाशित मिति: २२ कार्तिक २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com