काठमाडौं । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले मनोज मानव भनेर चिनिने युट्युबर मनोजकुमार महतोलाई पक्राउ गरेको छ।

साइबर ब्यूरोले बुधबार साँझ मनोजलाई पक्राउ गरेको हो।
‘स्टार अनलाइन टिभी’ नामक युट्युबका सञ्चालक पक्राउ गरेर प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ।

युट्युबमार्फत् विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा उनीमाथि लाग्दै आएको छ। पछिल्लो समय पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता भनेर आफूलाई चिनाउने तारा बरालको विषयमा पनि विभिन्न सामाग्रीहरुको प्रकाशमा ल्याएका थिए।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com