काठमाडौँ । काभ्रेको बनेपास्थित एक कपडा पसलमा ग्राहक बनेर गएका दुई महिला चोरी आरोपमा पक्राउ परेका छन्।

जेनुन कस्मेटिक एन्ड फेन्सी पसलबाट कपडा चोरेको आरोपमा प्रहरीले दोलखाका ६३ वर्षीया दुर्गा विक र ३५ वर्षीया विनीता विकलाई पक्राउ गरेको छ।

दुर्गा र विनीता सासु बुहारी हुन्। प्रहरीले उनीहरूको साथबाट १६ सेट कुर्ता सुरुवाल र ६ थान टप्स बरामद भएको जनाएको छ। घटना गत जेठ १८ गतेको भएपनि उनीहरू मंगलबार पक्राउ परेका हुन्।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com