काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीको माध्यमबाट नेपाल ठूलो परिवर्तनतर्फ लागेको बताएका छन् ।

नेपालमा पहिलो विद्युतीय सवारी साधन राइड सेयरिङ एप शुभारम्भ कार्यक्रममा उनले विद्युतीय साधन पेट्रोलभन्दा बीस गुना सस्तो पर्ने भन्दै अब बुझ्ने कसैले पनि पेट्रोल र डिजेलको सवारी नकिन्ने बताए ।

उनले भने, ‘विद्युत् पेट्रोलभन्दा बीस गुना सस्तो छ । एकदमै ठूलो परिवर्तन हुँदैछ नेपालमा, अब बुझ्ने कसैले पनि पेट्रोल र डिजेलको सवारी साधन किन्दैनन् । नेपालमा करिब ४-५ खर्ब आयातलाई २० अर्बको विद्युतीय खपत गर्‍यो भने प्रतिस्थापन हुन्छ । ५ खर्बको डिजेल आयातलाई बन्द गर्ने र ५-७ खर्बको निर्यात गर्ने हो भने हामी सकारात्मक बाटोतर्फ जान्छौँ । यो ठूलो परिवर्तन ऊर्जाबाट हुन्छ ।’ यस्तै, उनले प्रदेश सरकार र नेपाल सरकारलाई विद्युतीय साधनलाई रुट परमिट खुल्ला गर्नुपर्ने भन्दै नीतिगत निर्णय गर्न आग्रह गरे ।

उनले भने, ‘प्रदेश सरकार र नेपाल सरकारलाई मेरो अनुरोध, विद्युतीय साधन अहिले ट्याक्सी चलिरहेको छ त्यसको मात्रै सहमति दिने जुन नीति लिइएको छ, त्यो गलत छ । जस्तो साधन आए पनि सहमति दिनुपर्छ । विद्युतीय साधनलाई रुट परमिट खुल्ला गर्नुपर्छ । सरकारले नीतिगत निर्णय गर्नुपर्ने छ र यो होस् भन्ने मेरो आग्रह छ ।’

हिजो लोडसेडिङ कम गर्ने प्रयासमा रहेको नेपाल आज विद्युत् बढी भएको अवस्थामा हिजोको भन्दा उल्टो भएको भन्दै यो नेपालको लागि एकदमै ठूलो परिवर्तन र सम्भावना बोकेको ऊर्जा क्षेत्रको ठूलो उपलब्धि भएको उनको भनाई छ ।

प्रकाशित मिति: २३ कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com