कालीकोट । कालीकोटमा सडक निर्माणका क्रममा पहिरोले पुरिएर एक्स्काभेटर चालको मृत्यु भएको छ ।

शुक्रबार कर्णाली करिडोरको कालेखोला–खुलालु खण्ड विस्तारका क्रममा माथिबाट खसेको चट्टानसहितको पहिरोले पुरिएर चालक धीरप्रसाद सञ्ज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन केसीले जानबारी दिए ।

२६ वर्षीय सञ्ज्याल पचालझरना–८, खडितोलीका स्थायी बासिन्दा हुन् । शुक्रबार पहिरो गए पनि शनिबार बिहान मात्र मृतकको शव निकालिएको हो ।

करिडोरको जिरो किलोमिटरमा पर्ने कालेखोला खण्ड सडक डिभिजन कार्यालय जुम्लाले गत वर्षदेखि सडकको स्तरोन्नतिको काम गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर दिपेन्द्रवहादुर विष्टले बताए । उनका अनुसार साँघुरो र अप्ठेरो ठाउँमा सडक डिभिजन कार्यालयले ठेक्कामार्फत काम गरिरहेको छ ।

प्रकाशित मिति: २५ कार्तिक २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com