नवलपरासी । बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिका–९ गोरेघुम्तीमा जिप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ।

बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदबहादुर पौडेलले जानकारी दिए। दुर्घटनामा १ जना घाइते भएका छन्।

डीएसपी पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेको परिचय खुल्न बाँकी छ। जिप अनियन्त्रित भइ सडक छेउको घरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २६ कार्तिक २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com