काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले टिकटक ब्याण्ड गर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । साथै, उनले सामाजिक सञ्जाल र युट्युवमा पनि नियमन गर्न उनले सरकारलाई सुभाव दिएका छन् ।

सामाजिक सञ्जालमार्फत अपराध गरिरहेका लागि कारबाहीको दायरामा ल्याउन उनले सरकारसमक्ष माग गरेका छन् ।

‘नेपालमा टिकटक ब्याण्ड गर्ने सरकारको स्वागतयोग्य निर्णय । अन्य सामजिक संजाल र युट्युव पनि तत्काल नियमन गरोस्। यो माध्यमबाट अपराध गरिरहेकाहरुलाई कार्बाहीको दायरामा ल्याओस्,’– सामाजिक सञ्जालमा उनले भनेका छन् ।

प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com