काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृंखलाको बिहीबार खेलिएको हङकङविरुद्धको खेलमा नेपालले पाँच रनको कुल स्कोरमै चार विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रुपमा ओपनर पूजा महतोलाई गुमाएको थियो।

पूजा आठ बलमा चार रन बनाउँदै रन आउट भएर पेभेलियन फर्किएकी थिइन् । तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लिएकी सम्झना खड्का दोस्रो विकेटका रुपमा पेभेलियन फर्किएकी थिइन् । उनी एक रन बनाउँदै आउट भएकी हुन्।

यसैगरी तेस्रो विकेटका रुपमा काजल श्रेष्ठ आउट भएकी हुन् । उनले त खातासम्म खोल्न पाइनन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कप्तान इन्दू बर्मा पनि शून्य रनमै पेभेलियन फर्किइन् ।

नेपालले १.३ ओभरमा पहिलो, २.३ ओभरमा दोस्रो, २.४ ओभरमा तेस्रो र २.५ ओभरमा चौथो विकेट गुमाएको हो ।

प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com