सुर्खेत । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देव बहादुर रोकायाले लोकसेवा आयोगले लिएको अमिन परीक्षामा नाम निकालेका छन्।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित भएका रोकायको अमिनमा नाम निस्केको हो ।

‘मेरो नाम गण्डकी प्रदेशको कुनै एक पालिकामा निस्केको हो ।’ सात वर्ष वीनपा १४ स्थित सानो किसान सहकारी संस्थाको व्यवस्थापक एवं तीन वर्ष कन्सल्टेन्सीमा काम गरेका वडाध्यक्ष रोकाया भन्छन्, ‘नाम निस्केकोमा धेरैले बधाई पनि दिइरहेका छन् । तर म अब जनताको मतको कदर र सम्मान गर्दै पाँच वर्ष जनताको सेवामा खट्छु, म पदमा रहुन्जेलसम्म जनतालाई धोका दिन्नँ।’

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com