काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा पुस ७ गतेबाट काठमाडौंमा हुन लागेको आन्दोलनको कार्यक्रम बिथोल्ने नियतिका साथ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पुस ९ गते झापामा राजा ज्ञानेन्द्रको सवारी गराउन लागेका छन्।

राजेन्द्र लिङ्देन मंसिर ७ गते काठमाडौंमा दुर्गा प्रसाईंले गर्ने कार्यक्रम बिथोल्न चाहेको कुरा स्वतन्त्र रुपमा राजसंस्थाको मुद्दा बोकेका राजावादीहरु बताउँछन्। निर्वाचनको समयमा दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष लिङ्देनको खुलेर सार्वजनिक रुमपा बिरोध गरेका थिए।त्यसको रिस दुर्गा प्रसाईंलाई फेर्न लिङ्देनले झापामा राजा ज्ञानेन्द्रलाई प्रयोग गरेको भन्दै राजावादीहरुनै असन्तुष्ट देखिन्छन्।

राजसंस्थाको एजेन्डा बोकेको पार्टी राप्रपा र स्वतन्त्र संगठन मार्फत राजसंस्थाकै एजेन्डा बोकेका दुर्गा प्रसाईँको ब्यक्तिगत आन्तरिक मनमुटावको चपेटामा भने राजा ज्ञानेन्द्र परेका छन्। यो कुरा राजा ज्ञानेन्द्रले समेत पत्तो पाउन सकेनन् अथवा लिङ्देन यो रणनीति बुझेर पनि ब्यवास्था गरे। तर मंसिर ९ गते राजा ज्ञानेन्द्र झापा जानेभएपछी काठमाडौंको कार्यक्रममा भने ठूलो नकारात्मक असर पर्ने देखिन्छ।

गत निर्वाचनको समयमा राजेन्द्र लिङ्देन बिरुद्ध दुर्गा प्रसाईंले खुलेर अन्तर्वार्ता र चर्को भाषण दिए । त्यसको ठूलो असर राजेन्द्र लिङ्देनलाई पर्यो। जेनतेन केपी ओलीसँगको साँठगाँठको कारण राजेन्द्र लिङ्देन निर्वाचित त भए तर दुर्गा प्रसाईं प्रती लिङ्देन निकै रुष्ट छन्। केपी ओलीको गुन तिर्ने अवसर र दुर्गा प्रसाईंको झाँको झार्ने उपयुक्त समयको रुपमा राजेन्द्र लिङ्देनले प्रसाईंले आह्वान गरेको मंसिर ७ गतेबाट सुरु गर्ने कार्यक्रमको पर्सिपल्ट झापामा पृथ्वीनारायण शाहको शालीक अनावरण कार्यक्रमको लागि राजासँग लविङ गरेका थिए।

यता, दुर्गा प्रसाईं समुह र एमाले बिच ठूलो टकराब छ। एमाले नेता महेश बस्नेत र दुर्गा प्रसाईंबिच वाकयुद्द नै चलेको छ। दुबै समुहले आन्दोलनको कार्यक्रम समेत माइतीघरमा एकैदिन तोकेका थिए। जहाँ ठूलो झडप र घुसपैठको सम्भावनापनि उतिकै थियो। तर झडप भए थेग्न नसक्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारीगरि ३० दिनको लागि माइतीघर-बानेश्वर निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

दुर्गा प्रसाईंले पुर्वबाट समेत आन्दोलन गर्न काठमाडौंमा मान्छे उतार्ने भएपछी एमाले अध्यक्ष ओलीले दुर्गा प्रसाईंको कार्यक्रम बिथोल्न प्रसाईंकै गृहजिल्ला झापामा कार्यक्रम तय गर्न राप्रपा अध्यक्ष लिङ्देनलाई सुझाएका थिए। जसको फलस्वरूप राजेन्द्र लिङ्देनले पृथ्वी जयन्ती पुष २७ गते नजिकै भएपनि मंसिर ९ गते नै राजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको शालिक अनाबरण गराउने जुक्ति निकालेका हुन्। जसको ठूलो असर दुर्गा प्रसाईले गर्ने भनेको मंसिर ७ गतेको कार्यक्रममा देखा पर्ने छ। झापा लगाएत पुर्वी क्षेत्रबाट आउने मानिस उतै रोकिनेछन् र राजा जाने कार्यक्रम भएपछी काठमाडौंबाट समेत ठूलो संख्यामा राजावादीहरु झापा पुग्ने देखिन्छ। यसरी निर्वाचनमा ओलीले लगाएको गुन राजेन्द्र लिङ्देनले अहिले तिर्नलागेको राजसंस्था पक्षधरहरु बताउँछन्।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका गतिविधिका कारण गणतन्त्र स्थापनामा भूमिका खेलेका राजनीतिक दलहरु भयभीत छन्। यता, राजतन्त्र पुनर्स्थापनाको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत उनको गतिविधिबाट त्रस्त देखिएको छ।

कांग्रेस, एमाले, माओवादी लगायतका राजनीतिक दलहरुको भयको कारण भनेको दल र व्यवस्थाप्रति जनतामा देखिएको वितृष्णाको लाभ राजा ज्ञानेन्द्र र दुर्गा प्रसाईंले लिइदेलान् भन्ने हो। राप्रपाको चिन्ता भने अलिक फरक छ। उसको चिन्ता छ– आफूले लिन खोजेको यो वितृष्णाको लाभ प्रसाईंले त लिइदिने होइनन्? राजा ज्ञानेन्द्रले पनि प्रसाईंलाई नै पो विश्वास गरिदिने हुन् कि!

स्रोतका अनुसार यसैक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तिहार सुरुवात हुनुअघि राजा ज्ञानेन्द्रसँग भेटवार्ता गरेर उनका गतिविधिमा राप्रपाको पूर्ण साथ रहने विश्वास दिलाएका छन्, ताकि राजा ज्ञानेन्द्रको निकटता प्रसाईंसँग नबढोस्। राजाको ९ मंसिरको झापा भ्रमणको योजना बनाउने सिलसिलामा लिङ्देनले निर्मल निवास पुगेर उनीसँग भेटघाट गरेका हुन्। कार्यक्रम आयोजक बिद्यालय व्यबस्थापन समिती भएपनि ९ गतेको कार्यक्रमको चाँजोपाँजो र राजा ज्ञानेन्द्रसँग लविङ राप्रपा अध्यक्ष लिङ्देनले गरेका हुन्।

प्रकाशित मिति: ५ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com