काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले घोषणा गरेको आन्दोलनको पूर्व सन्ध्यामा उपत्यकाको आधिकांश बैंकहरुको एटिएममा पैसा निकाल्न समस्या देखिएको छ।

बुधबार साझँ बैंकबाट पैसा झिक्न जाने क्रम अधिकांश जस्तो एटिएम कि त डाउन छन् कि त एटिएमबाट पैसा निस्किरहेका छैनन्। जसले गर्दा सर्वसाधारणलाई असजिलो, अफ़्टेरो त भएको नै छ अर्को तर्फबाट भोलिबाट  दुर्गा प्रसाईको आन्दोलनका कारण बैंकको एटिएम नचल्दा उनीहरु सशंकित पनि भएका छन्।

बैंकको विरुद्ध पनि मागहरु दुर्गा प्रसाईँले उठाएका कारण पनि बैंकहरुको एटिएम डाउन गरि आन्दोलनलाई अघोषित असहयोग गरेको हो कि यो संयोग मात्र हो भन्ने प्रश्न पनि उठेको छ।

प्रकाशित मिति: ६ मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com