नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले श्रमजीवी जनताको हित, विकास र समाजवादको आधार निर्माण गर्न नेपाली जनताले आफूहरूलाई विश्वासको मत दिने बताए ।              मजदुर दिवसको अवसरमा शुभकामना दिँदै उनले श्रमिकहरुको हक, अधिकार, सुविधा र असल श्रम सम्बन्ध सुनिश्चित गर्न अन्तर्राष्ट्रिय श्रमिक दिवसले प्रेरणा दिनेछ भन्ने विश्वाससमेत व्यक्त गरे।
स्थानीय चुनाव नजिकिएको भन्दै यो चुनावबाट प्रतिगमनकारीलाई परास्त गर्नुपर्ने समेत उनले बताए।अहिले देशमा ठूलो मात्रामा सक्रिय युवा जनशक्ति श्रमका लागि बिदेशिने गरेको भन्दै स्वदेशमै रोजगारीको अवसर उपलब्ध गराई उनीहरुको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउनुपर्ने पनि बताए।

प्रतिगम लाई परास्त गर्ने उचित समय अब आएको भन्दै उनले भने -‘निकट भविष्यमा स्थानीय तहको चुनाव आउँदैछ। श्रमिक आन्दोलन, विभिन्न कालखण्डका जनआन्दोलनहरुमा श्रमजीवी जनताले गरेको बलिदानीपूर्ण संघर्षका उपलब्धीहरुको रक्षा गर्ने, प्रतिगमनकारीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा परास्त गर्ने अवसरका रुपमा यो चुनावलाई उपयोग गर्नुपर्नेछ’।

श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गर्नु पर्ने भन्दै उनले सुरक्षित कार्यथलो‚ उचित पारिश्रमिक, सामाजिक सुरक्षा, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

 

 

प्रकाशित मिति: १८ बैशाख २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com