काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौं जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् । त्यसविरुद्ध मंसिर १९ गते मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते देशव्यापी जनप्रदर्शन गर्ने विप्लवले विज्ञप्तिमार्फत जनाएका छन् ।

२०७६ सालको एक घटनामा जिल्ला अदालत काठमाडौंले विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको सूचना सोमबार गोरखापत्रमा प्रकाशित गरेको थियो ।

प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com