काठमाडौं । नायिका रेखा थापाले आफ्नो पहिलो सन्तानलाई अमेरिकामा जन्म दिने भएकी छिन् ।

सन्तानलाई अमेरिकामा जन्म दिन उनी केही दिन अगाडि मात्र अमेरिका पुगेकी छिन् । रेखा ५ महिना अमेरिकामा नै बस्न लागेको बुझिएको छ।

रेखाले आफ्ना प्रेमी बलराम शाहीसँग डेढ बर्ष अगाडि बिहे गरेकी थिइन् । विशेष गरि, बलरामको परिवार नै अमेरिकामा रहेकाले रेखाले सन्तानलाई उतै जन्म दिन लागेको बुझिएको छ ।

रेखाले सामाजिक संजालमा अमेरिकामा पुगेर आफ्ना श्रीमान्को जन्मदिन मनाउँदै गरेको तस्विर र भिडियो पोष्ट गरेकी छिन् ।

रेखाले निर्माण गरेको फिल्म ‘उपहार’ फागुनको २५ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको डबिङको काम रेखाले सकिसकेकी छिन् । यती मात्र होइन, उनले फिल्मको प्रमोसनका लागि पनि थुप्रै मिडियामा पुगेर अन्तरवार्ता दिइसकेकी छिन् । रेखा फिल्म रिलिजको समयमा नेपालमा हुने छैनन्।

रेखालाई डाक्टरले माघ महिनाको डेट दिएका छन् । माघ महिनामा सन्तानलाई जन्म दिने भएकाले पनि रेखा २ महिना अगाडि नै सपनाको देश उडेकी हुन् ।

मेरो फिल्म्स डटकमबाट

प्रकाशित मिति: २३ मंसिर २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com