काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा भारतले नेपाललाई १० विकेटको फराकिलो अन्तरले हराएको छ।

यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले २२.१ ओभरमा अलआउट हुनुअघि ५२ रनमात्र बनाउन सकेको थियो ।

झिनो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भारतले ७.१ ओभरमा कुनै पनि विकेट नगुमाई जित हासिल गरेको थियो । भारतका लागि ओपनर ब्याट्सम्यान आदर्श सिंहले अविजित १३ र आर्सिन कुलकणर्ीले अविजित ४३ रनको योगदान गरे ।

जारी एसियाकपको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तीनवटै खेलमा हार ब्यहोर्‍यो । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हारेको थियो ।

नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । उक्त समूहबाट पाकिस्तान र भारत सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ ।

प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com