काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका छन् । काभ्रेको पाँचखालमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले उक्त इच्छा व्यक्त गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भएर राम्रो कामको सुरुवात गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका हुन् ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला, सभामुख महिला भएर राम्रो कामको सुरुवात भएको छ’, उनले भने, ‘अब एउटा बाँकी छ प्रधानमन्त्री महिला । मेरो इच्छा छ छिट्टै महिला प्रधानमन्त्री होस् ।’

योपटक सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर सरकार अगाडि बढेको दाबी गर्दै उनले भ्रष्टाचारको केस लाग्ने ९९ प्रतिशत पुरुष भएको तर महिला नभएको जिकिर गरे । सुशासनको पक्ष र सामाजिक न्यायको पक्षमा महिला भूमिका राम्रो भएको उनले बताए ।

प्रकाशित मिति: २७ मंसिर २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com