काठमाडौं । पिकलबल एशोसियशन नेपालको आयोजनामा फागुन (मार्च) मा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ।

सातदोबाटो स्थित टेनिस कोर्टमा फागुन २५ र २६ (मार्च ७ र ८) गते आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत पिकलबल एशोसियशन नेपालले जानकारी दिएको छ।

नेपालको २४ सहित, भारत, थाइल्याण्ड, बेलायत, स्पेनका गरि १ सय २० खेलाडी प्रतियोगितामा सहभागिता हुने बताइएको छ।

टोलीका व्यवस्थापक ज्याक्सन सुवेदीले ३ विधा एमेच्योर, इन्टरमेडिड, एडभान्समा महिला पुरूष १९ वर्ष, ३५ वर्ष माथि, ५० वर्ष र ६० वर्ष माथि अलग अलग प्रतिस्पर्धा हुनेछ।

महिला पुरुष सिंगल, डबल्स, मिक्स डबल्समा २ सय १६ पदकको लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा भाग लिने खेलाडीका लागि दर्ता खुला गरिएको‌ आयोजकले जनाएको छ।

संघका अध्यक्ष सौरभ भण्डारीले पिकलबल नेपालमा‌ नयाँ खेल भएको बताए । ४ वर्ष अघि पिकलबल सुरु भएपनि‌ कोभिडका कारण सोचे जस्तो विस्तार गर्न नसकिएको जानकारी दिए । अध्यक्ष भण्डारीले भविष्यमा सगरमाथाको आधार शिविरमा प्रतियोगिताको‌ आयोजना गर्ने योजना रहेको बताए ।

पछिल्लो डेढ वर्षमा खेल्ने सय भन्दा बढि खेलाडी तयार भएको र भविष्यमा खेलाडी बढाउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताए। पिकलबल सन् १९६५ मा अमेरिकामा सुरु भएको थियो।

टोलीका संयोजक फत्तेबहादुर खड्काले पिकलबलको विकासले पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास लिइएको बताए ।

विशाल मिलन केन्द्रका सचिव लक्ष्मण थापाले समुदायलाई जोड्न पिकलबल सहयोगी हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: ६ पुस २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com