चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछाने सरकारमा सहभागी हुने वा गठबन्धनमा सामेल हुने रेसमा आफू नरहेको बताएका छन् ।

रवि लामिछाने गृहमन्त्री बन्न खोजेको भन्ने हल्ला चलाइएको भन्दै उनले त्यसमा आफूलाई चासो नै नभएको बताए ।

चितवनको नारायणगढमा सोमबार बिहान पत्रकारहरुसँग उनले भने, ‘यो सरकार फेरबदल हुनलाछ, यो गृहमन्त्री हुन जान लाग्यो कि क्याहो, यसलाई त ठेल्नुपर्छ कि क्या हो भन्ने सोच उहाँलाई भएको होला । तपाईंको सरकार तपाईंलाई मुबारक । म त्यो रेसमा पनि छैन, यो गठबन्धनको रेसमा पनि छैन । मलाई त्यसमा कुनै चासो छैन।’

उनले आफूविरुद्ध गृहप्रशासन लागेको आरोपसमेत लगाए । आफूविरुद्ध मकैको खोया प्रहार भएको प्रसंग जोड्दै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरे । उनले भने, ‘सबै प्रपन्च खोयाबाट सुरु गरेर कहाँसम्म पुग्ने विचार गर्नु भएको छ गृहमन्त्रीले, गृहमन्त्रीज्यू पहिले आफ्ना वरपरका मान्छेलाई सम्हाल्नुपर्यो तपाईंले ।’

प्रकाशित मिति: ९ पुस २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com